त्रिवेणीमा जिप दुर्घटना हुँदा सात जना घाइते | Khabarhub Khabarhub

त्रिवेणीमा जिप दुर्घटना हुँदा सात जना घाइते


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ ।  

वडा नं २ को बादँरपानी, रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप शुक्रबार बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा हुनुहुन्छ । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरी चौकी सिम्रुतुले जनाएको छ । 

जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जिप चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ । रासस
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १ : २२ बजे

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि