कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमै सक्नेगरी पहल गर्न सरकारलाई निर्देशन | Khabarhub Khabarhub

कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमै सक्नेगरी पहल गर्न सरकारलाई निर्देशन


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरी पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज खण्डको निर्माण कार्य निकै सुस्त भएको भन्दै समयमा नै निर्माण सम्पन्न गर्ने गरी पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

साथै कलंकी–महाराजगञ्ज खण्डमा ढुंगेधारा अण्डरपास लगायतका संरचना थप गर्न र नेपाल सरकारले गर्नुपर्ने काम छिटो सम्पन्न गर्न समेत बैठकले निर्देशन दिएको छ । 

बैठकले सिंगो चक्रपथ एउटै स्तरमा निर्माण गर्न कलंकी–महाराजगञ्ज खण्डको स्तरोन्नतीका लागि बजेट व्यवस्थापन लगायत आवश्यक प्रक्रिया अघि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव उदय कुमार भण्डारीले जानकारी दिए । 

बैठकले देशैभरका दुई जिल्ला जोड्ने सडक तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्ड चीन सरकारको सहयोगमा निर्माण कार्य अघि बढेको बताए । 

कलंकी–महाराजगञ्ज खण्डको केही स्थानमा सडक विस्तारका लागि मुआब्जाको विवादका कारण समस्या देखिएको उनले जानकारी दिए । उनले काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको समेत धारणा राखे ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १ : ४० बजे

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि

एमालेको विधान : पुच्छरले कुकुर हल्लायो !

काठमाडौं– कम्युनिष्टहरुले मान्दै आएको संगठनात्मक सिद्धान्तले भन्छ – महाधिवेशनले गरेको

एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति

काठमाडौं–  गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले

श्रम मन्त्रालयको एक वर्ष : सुधारका प्रयास सकारात्मक, रोजगार सृजना र ठगी नियन्त्रण चुनौतीपूर्ण

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२