विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको सुझाव : जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस् | Khabarhub Khabarhub

विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको सुझाव : जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नै पर्ने बताएका छन् ।

गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले विद्याथीहरूलाई मेहनती बन्न सुझाव दिएका हुन् । मेहनत र परिश्रम विना मानिसले सफलता प्राप्त गर्न नसक्ने भन्दै उनले विद्यार्थीहरूलाई अध्ययनमा ध्यान दिन पनि आग्रह गरे । 

‘तपाईँहरू जस्तो पारिवारिक पृष्ठभूमिबाट आउनुभएको भए पनि भविष्य तपाईँहरूको हातमा छ । अध्ययनको अवसर सदुपयोग गर्नुस् । विना मेहनत कोही पनि सफल हुँदैन । मेहनत परिश्रम गर्नुस् । भविष्य उज्ज्वल छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले शैक्षिक अवस्था राम्रो बनाउन विद्यार्थी, अभिभावक र विद्यालय परिवार सबैको साझा प्रयत्न आवश्यक रहेकोमा जोड दिए। 

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विद्यालयका उत्कृष्ट शिक्षक एवम् विद्यार्थीहरूलाई सम्मान एवम् पुरस्कार वितरण गर्दै आगामी दिनमा अझै राम्रो गर्न शुभकामना दिए ।   

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाल पनि सहभागी थिए।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : ०३ बजे

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण