लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त « Khabarhub

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित सुर्खेतमा पक्राउ परेका छन् । 

प्रहरीले बिहीबार राती लागूऔषधको कारोबार भइरहेको सूचना आधारमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाही २०७८ सालमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका थिए । उनी लामो समयदेखि फरार रहेको प्रहरीको भनाई छ । सोही घटनाका अन्य तीन जना पक्राउ परे पनि शाही फरार रहँदै आएका थिए ।

प्रहरीका अनुसार, शाहीले फरार रहँदा नै लागूऔषधको ठूलो सञ्जाल चलाइरहेका थिए । स्थानीयको सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुधीरराज शाहीले बताए । 

‘उनीहरूको साथबाट प्रहरीले एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक बरामद गरेको छ,’ उनले भने,‘घरेलु हतियारहरू उनीहरूले आफ्नो सुरक्षामा प्रयोग गर्ने र पेस्तोल अरूलाई धम्क्याउन प्रयोग गर्ने गरेका थिए ।’

उनीहरू हतियारका साथै, १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम जस्ता लागूऔषध र प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद भएको प्रहरी प्रमुख शाहीले बताए । 

पक्राउ परेका दुवै जनालाई लागूऔषध, हतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

बरामद गरिएका सामाग्रीहरू :

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ३७ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा