नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्तासँग छलफल « Khabarhub

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्तासँग छलफल


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल सुरु भएको छ । 

सिंहदरबारमा शुक्रबार बसेको बैठकमा विधेयकमा संशोधन हालेका सांसदसँग छलफल गरिएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सचिव हरि मैनालीसहित मन्त्रालयका विभागीय कर्मचारीको उपस्थितिमा विधेयकलाई समृद्ध बनाउने विषयमा छलफल भएको छ ।

त्यस अवसरमा संशोधनकर्ता विमला सुवेदी, भगवती चौधरी, राजेन्द्र पाण्डे, नारायणी शर्मा, चन्दा कार्की, दुर्गा राई, सोविता गौतम र विनीता कठायतले विधेयकमाथि आफ्नो संशोधन प्रस्तावलाई समितिसामु प्रस्ट पारेका थिए । 

समितिका सभापति राजकिशोर यादवले संशोधनकर्ता सांसद र विज्ञहरूको धारणा तथा सुझावसमेतका आधारमा विधेयकलाई थप समृद्ध बनाएर चाँडो पारित गराउने गरी छलफललाई तीव्रता दिइएको बताए । उनले विधेयकलाई समृद्ध बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ४१ बजे

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण