राप्रपाद्वारा पार्टीको हित विपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह « Khabarhub

राप्रपाद्वारा पार्टीको हित विपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र बृहत्तर हित विपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

शुक्रबार राप्रपाको केन्द्रीय अनुशासन समितिका अध्यक्ष एवं पार्टीका वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हित विपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी दिए ।

‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहतर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा लिखित वा मौखिक रूपमा कुनै पनि किसिमको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्न/नगराउन हुन पार्टीका सबै तहका नेता तथा  कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछ’, प्रवक्ता श्रेष्ठद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ४१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली