समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा | Khabarhub Khabarhub

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्।

सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएको भन्ने वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका हुन्। ट्रम्पले वाल स्ट्रिटका प्रमुख रुपर्ट मर्डकविरुद्धमा मुद्दा दायर गरेका हुन्।

ट्रम्पले मुद्दा दायर गरे लगत्तै अमेरिकी महान्यायाधिवक्ता पाम वियोज्न्डीले यौन अपराधकै लागि कुख्यात जियफ्री एप्सटनको फाइल खोल्न अदालतलाई भनेका छन्।

चुनावी अभियानकै क्रममा राष्ट्रपति ट्रम्पले एप्सटनको फाइल खोल्ने घोषणा गरेका थिए। सोही घोषणाका कारण अहिले उनलाई रिपब्लिक समर्थकबाट त्यो मुद्दा फेरि उठाउनका लागि दबाब आएको हो।

केही दिन अघि दबाब बढ्दै गएको भन्दै गुनासो गरेका थिए। यो निर्णय ट्रम्प प्रशासनले गरे पनि फाइल बाहिर आउन भने केही समय लाग्ने छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ५ : ४८ बजे

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ