'विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं' | Khabarhub Khabarhub

‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं’


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राखेका छन् । बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुनेदेखि आन्तरिक बसाइँसराइ तीव्र भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने सम्मका प्रस्ताव राखेका हुन् ।

नेता बस्नेतले आफूले बैठकमा राखेका विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काएर इथिकल र प्रक्रियागत गल्ती गर्न नहुने उनको सुझाव छ ।

‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खादैन । पार्टीको दायित्व छनोट चाहानाले मात्र होइन,विधि सम्मत प्रक्रियाले हुन्छ ।’

भण्डारीको सदस्यता नवीकरण वा नयाँ लिनुपर्ने अवस्थामा पनि लहडमा होइन केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने उनले बताएका छन् । ७० वर्षे उमेर हदका बारेमा बोल्दै उनले राजनीतिक अवकास स्वचालित होइन,स्वेच्छाले र क्षमता क्षमताको विषय भएको उनको भनाइ छ ।

नेता बस्नेतले महाधिवेशनले पास गरेको विधानभन्दा अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षडयन्त्रको आरोप नलगाउन चेतावनी दिएका छन् । उनले विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गरेका छन् ।

नेता बस्नेतले एमालेको पोलिटब्युरो बैठकमा राखेको प्रस्ताव

१. विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको व्यक्ति हो । सक्रिय पार्टी पङ्क्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नु हुन्न । जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।

२. ️उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ ? नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यति गम्भिर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्दछ ।

३. ७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौं अब त्यसको औचित्य देखिएन । अवकाश स्वचालित होइन, क्षमता र स्वेच्छाले हुने विषय हो, ‘मकुन्द न्यौपाने’ जस्तो पार्टी प्रवेश गर्दा पद लिन हटाउँ भन्ने पद पाएपछि चाहिंदैन भन्ने दोधार परिस्थिति नहोस् ।

४. ️ दुई कार्यकालको सीमा महाधिवेशनले हटाएको हो ।अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाऔं । क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔं । अब हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ पास गरौं ।

५. ️ विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं ।

६. ️सचिवालयमा बहुमत छ भनी मिडियाबाजी गरेर अध्यक्ष बनाउने गरी निर्णय गराउँछौ भन्ने । आफू अनुकूल निर्णय नभएपछि अन्टसन्ट बोल्ने काम बन्द गरौं । सचिवालयको विधान संशोधन प्रस्ताव ल्याएको छ पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पास गरौं।

७ ️. कहिले आफ्नो वरिष्ठ पद ह्टदा टुलुटुलु हेरेर बसे भन्ने र कहिले केपी ओलीलाई औँला ठड्याएर चुनौती दिए भनेर मिडियामा नाम आएका ७० काटेका नेताहरूलाई खुला रूपमा उम्मेदवार बन्न हौसला दिने प्रस्ताव सचिवालयबाट आएको छ । त्यस्तो आग्रह नराखी उहाँहरुलाई नै प्रतिस्पर्धा गर्ने वातावरण बनाउने फराकिलो निर्णय गर्ने हिम्मत गर्न केपी ओलीजस्तै विशाल छाती चाहिन्छ।

८. अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अ्मरेस सिंहले भन्ने । चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ बाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधि तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न । अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।

९. एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिंदा असक्षम बनाउने र खुइल्याउने रोग बढेको छ । जति सुकै असक्षमको ट्याग लागे पनि परिभाषित काममा आफ्नो क्षमता प्रदर्शन गरौंला ।हाल अध्यक्षको विकल्प तयार नभएकाले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गर्दछु ।

विधानसम्बन्धी सुझाव ।

१ स्थायी कमिटीको सङ्ख्या २५ पुर्‍याउने ।
२ उपत्यका विशेष कमिटी गठन गर्ने ।
३ ️प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटी विस्तार गर्ने ।
४ तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ४ : ४९ बजे

सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल

काठमाडौं- एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

बागलुङ– शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल