कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड | Khabarhub Khabarhub

कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए। 

 उनले भने, ‘पार्टी कार्यकर्ता गुटमा विभाजन हुँदा पार्टी कमजोर भएको छ । पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबैजना सक्रिय हुने समय आएको छ ।’

नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव राजेश खड्काले केन्द्रदेखि वडासम्म फैलिएको गुटको अन्त्य नभएसम्म एकजुट भएर जनताको लागि काम गर्न गाह्रो हुने बताए। 

जिल्ला सहसचिव कृष्णमुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की र प्रदेश सभापति प्रदीप कार्कीले राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताको अवस्था परिवर्तनको लागि कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिए  
 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ४ : ५७ बजे

कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी

अन्तरचक्षुको आवाज– भाँडा बजेको ध्वनि पछ्याउँदा संगीत भेटेँ

काठमााडौं– जन्मजात दृष्टिविहीन मोरङका रमेश सुवेदीलाई नेता बनेर देशको सेवा गर्ने

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

दशरथचन्द– यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ ।