सिटौलाको ‘धर्तीको ध्वनि’ लाई अनेसासको सर्वोत्कृष्ट पुरस्कार « Khabarhub

सिटौलाको ‘धर्तीको ध्वनि’ लाई अनेसासको सर्वोत्कृष्ट पुरस्कार


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले यस वर्षको ‘अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीति गजल पुरस्कार’ साहित्यकार लक्ष्मण सिटौलालाई दिने भएको छ । सिटौलालाई ‘धर्तीको ध्वनि’ गीति संग्रहका लागि उक्त पुरस्कार दिन लागिएको हो । 

शनिबार (१८ जुलाई)मा एक विशेष कार्यक्रमका बिच अनेसासले पुरस्कारको घोषणा गरेको हो । यस पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको जनाइएको छ । 

सिटौलाको ‘धर्तीको ध्वनि’ गीति संग्रहमा २ सय ५० भन्दा बढी गीतहरू समावेश छन् । जुन सङ्ग्रहभित्रका गीतहरू नेपालका ख्यातिपात्र गायक–गायिकाहरूले गाइसकेका छन् । 

अनेसासले संसारभरि छरिएर रहेका नेपाली साहित्यकारहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्यांकन गरी पुरस्कार दिने गरेको छ । 

१५ सय अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथ छन्दकविता, गद्यकविता, गीत/गजल/मुक्तक, कथा, उपन्यास, निबन्ध, नियात्रा/संस्मरण, समालोचना, संस्कृति/दर्शन, बालसाहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न ११ विधामा पुरस्कार प्रदान गर्ने गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वाासिङ्टन डीसीमा एक विशेष समारोहका बिच पुरस्कार वितरण गरिने जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : २९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको