ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको च्यासल वार्ता सकिएको छ ।

अपरान्ह सवा ४ बजेदेखि भएको भेटवार्ता करिब डेढ घण्टासम्म चलेर सकिएको हो । ओलीसँगको वार्ता सकिएपछि पूर्वराष्ट्रपति भण्डारी निजी निवास भंगालतिर निस्किएकी छन् ।

भण्डारीलाई सञ्चारकर्मीले ओलीसँगको वार्तामा के भयो ? कुरा मिल्यो, मिलेन ? भनेर सोधेका थिए । तर उनले कुनै प्रतिक्रिया नदिई च्यासलबाट बाहिरिएकी छन् ।

बरू च्यासलमा बाक्लो भिडका कारण सुरक्षाकर्मी र पत्रकारहरूबीच विवाद भएको छ ।

एमालेमा पछिल्लो सयम देखिएको विवादबीच भण्डारी र ओली च्यासलमा वार्ता भएको हो । दुई पटक राष्ट्रपति पद सम्हालेर राजनीतिमा आउन खोजेकी भण्डारी र ओलीबीचको वार्तालाई अर्थपूर्ण भनिएको छ ।

एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको घोषणा गरेलगत्तै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई वार्तामा बोलाएका थिए ।

ओलीसमेत उपस्थित गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकाले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर ओलीले शनिबारको पोलिटब्युरो बैठकमा नवीकरण भइसकेको भण्डारीको सदस्यता पेन्डिटङमा राखिएको बताएका थिए ।

भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिन आफूनिकटहरूलाई समेत आक्रमक रुपमा उतारेका ओली संवाद गर्न तयार भएका छन् ।

पूर्वराष्ट्रपतिले एमालेमा फर्किन घोषणा गरिसकेको अवस्थामा गत बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसबारे नेताहरूलाई सोधेका थिए । त्यसक्रमा नेताहरूले ओली आफैंले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएका थिए ।

नेताहरूले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजक रुपमा व्यवस्थापन गर्ने कुरा एमालेको दायित्व भएको पनि बताएका थिए । तर त्यसपछि बसेको पोलिटब्युरोमा ओली र उनीनिकट नेताहरूले भण्डारीलाई छेक्ने गरि प्रस्तुत भएका थिए ।

उनलाई विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने रणनीतिमा ओली र उनीनिटक नेताहरू लागेका छन् । दशौँ महाधिवेशनपछि सदस्यता नवीकरण गरेको भन्दै आगामी भदौ २१ र २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा भण्डारीलाई भाग लिन नदिने तयारी ओलीले गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ५६ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको