स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा « Khabarhub

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए । सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका सवारीसाधन भइरहेका उनले जानकारी दिए। 

बाढीका कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म दर्जनौँ स्थानमा सडक क्षति भएको र लिङ्लिङ् भन्ने स्थानमा भौगर्भिक अवस्था कमजोर र असहज स्थान भएकाले नयाँ ‘ट्रयाक’ खोल्न हप्ता दिन लागेको हो । 

काठमाडौंबाट छुटेका हलुका सवारीसाधन अब सिधै रसुवागढीसम्म पुग्ने गल्छी त्रिशूली रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ । 

नयाँ खनिएको माटो जम्दै गएपछि क्रमिक रूपमा मालवाहक ठूलो सवारीसाधन सञ्चालन अनुमति दिइने आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । 

लिङ्लिङ् र टिमुरे र तातोपानीबीच यी दुई स्थानमा भोटेकोशी सडकमार्गको फेदमा रेतिएर बाढी आएको हुँदा भासिन सक्ने सम्भावनालाई मध्यनजर राखी सुरक्षाकर्मीसँग सडकको अवस्था बुझेर मात्र सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : २८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली