सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा र बिक्रीदर १३८ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ।

युरोपियन यूरो एकको खरिददर १५९ रुपियाँ ९० पैसा र बिक्रीदर १६० रुपियाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपियाँ ४२ पैसा र बिक्रीदर १८५ रुपियाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ६१ पैसा र बिक्रीदर १७२ रुपियाँ ३६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ५४ पैसा र बिक्रीदर ८९ रुपियाँ ९३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २२ पैसा र बिक्रीदर १०० रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ र बिक्रीदर १०७ रुपियाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६ रुपियाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २५ पैसा र बिक्रीदर चार रुपियाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३९ पैसा र बिक्रीदर ३२ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८९ पैसा र बिक्रीदर ९ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २३ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४२ पैसा र बिक्रीदर २१ रुपियाँ ५१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५३ पैसा र बिक्रीदर १७ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ८३ पैसा र बिक्रीदर ४५१ रुपियाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६६ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ २४ पैसा र विक्रीदर ३५८ रुपियाँ ८० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ३७ बजे

दुई जनालाई डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२

काठमाडौं– डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक

गर्मी बिदामा पनि सक्रिय पढाइ, विद्यार्थीको घर–घरमा पुग्दै शिक्षक

चितवन- अत्यधिक गर्मीका कारण विद्यालय बन्द भए पनि नेपाल पुलिस

हिरासतमै बित्न लाग्यो दीपक भट्ट र शुलभ अग्रवालको तीन महिना, फेरि थपियो म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी

चित्रपुरमा आँप महोत्सव : आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर– धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो