देशका अधिकांश भूभागमा वर्षाको सम्भावना « Khabarhub

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : २२ बजे

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको

जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने

किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन

तीनभाइको प्रतीक्षामा रामकुमार, ‘चुलो नबलेको हप्ता भयो, सम्झानाले सताइरहन्छ’

सप्तरी– रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका