एमालेले छिर्न दिएन पत्रकारलाई, सडकमै तोक्यो उभिने स्थान (तस्बिरहरू) | Khabarhub Khabarhub

एमालेले छिर्न दिएन पत्रकारलाई, सडकमै तोक्यो उभिने स्थान (तस्बिरहरू)


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीको आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनबारे छलफल गर्न डाकिएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सोमबारदेखि च्यासलमा सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरू भएको हो । तर एमालेले बैठकस्थल च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा प्रवेश गर्न सञ्चारकर्मी रोकिएको छ ।

बैठक हलबाहिरसमेत फोटो पत्रकारलाई जान नदिई सडककै पर्खालमा पर्चा टाँसेर स्थान तोकिएको छ । सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्यबाहेक अरु सबैलाई सडकमै रोकिएको हो ।

फोटो पत्रकार तथा अन्य सञ्चारकर्मी सडकमै धुलो खाँदै समाचार संकलन गरिरहेका छन् । अरु बेला बैठक हल बाहिरसम्म जान दिने गरिएको थियो ।

तर आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेर बाहिरिने क्रममा सञ्चारकर्मीले भद्रगोल अवस्था उत्पन्न गराएका थिए ।

बोल्न भनेर तयार भएकी राष्ट्रपति सञ्चारकर्मीको हो-हल्ला र तँछाड मछाडका कारण असमञ्जसमा परेकी थिइन् । त्यसकै प्रभावस्वरूप सोमबार एमालेले केन्द्रीय कार्यालयमा छिर्न रोकिएको अनुमान गरिएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ०७ बजे

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौं–  राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली