अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन | Khabarhub Khabarhub

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ । 

वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसोखेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ । वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरू गरिएको अम्रिसोखेतीलाई पछिल्लो छ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो । 

‘गएको असारसम्म सात हजार कुचो बिक्री गरेर रु तीन लाखभन्दा बढी आम्दानी ग¥यौँ’, जोशीले भने, ‘अघिल्लो वर्ष कुचो बिक्रीबाट रु दुई लाख मात्र आम्दानी भएको थियो ।’

वनबाट सङ्कलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ । ‘अम्रिसो सङ्कलनदेखि उपभोक्तालाई नै झाडु (कुचो) बनाउन लगाइन्छ’, जोशीले भने, ‘प्रत्येक झाडु बनाउँदा उनीहरूले १५  पारिश्रमिक पाउँछन् भने बजारमा रु ५० देखि ७० सम्ममा बिक्री हुन्छ ।’

समूहका अध्यक्ष ईश्वर बुढाका अनुसार बजारमा अम्रिसोको झाडुको माग उच्च छ । स्थानीय बजारमै सहज बिक्री हुन्छ । यद्यपि वन क्षेत्रमा अम्रिसोखेतीको क्षेत्र विस्तारका साथसाथै जङ्गली हात्तीको समस्या पनि बढ्दै गएको छ । 

‘हात्तीले नोक्सानी गर्दा यस वर्ष केवल रु तीन लाख बराबरको झाडु मात्र बिक्री हुन सक्यो’, अध्यक्ष बुढाले भने, ‘अम्रिसोको आकर्षणले गर्दा हात्तीको बथान बस्ती छिर्न थालेको छ, त्यसैले अम्रिसोखेतीलाई चुरे क्षेत्रतर्फ सार्ने योजना बनाएका छौँ ।’

हात्तीले नोक्सान नगर्ने हो भने १५ देखि २० लाखसम्मको झाडु उत्पादन गर्न सकिने अध्यक्ष बुढाले बताए।

समूहको दीर्घकालीन योजनामा चुरे क्षेत्रका खोल्सा तथा समथर भूभागलाई अम्रिसोखेतीयोग्य बनाउने लक्ष्य रहेको छ । कुचो बिक्रीबाट आएको रकम वन संरक्षणका विविध कार्यमा लगानी गरिएको छ । मेसवायर जडान, फलफूल र बाँसका नमूना प्लट विकास, उपभोक्ताका लागि आयआर्जनमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै वन संरक्षणलाई संस्थागत बनाइँदै आएको छ ।

विसं २०५८ मा स्थापना भएको सो सामुदायिक वन हाल तीन सय ९७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनसँग ८१६ उपभोक्ता आबद्ध छन् । 

आम्दानी, रोजगारी, संरक्षण र समुदायबीचको सहकार्यको सफल नमूना बनेको यो वन अन्य सामुदायिक वनका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए। 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ५० बजे

अर्थसंक्षेप : गत आवमा २ खर्ब ७७ अर्ब बढीको निर्यात, सरकारमाथि असन्तुष्ट वर्षमान र शेयर बजारमा उछाल

दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेन : वर्षमान पूर्व अर्थमन्त्री

‘असफाल्ट प्लान्ट’को प्रदूषणले बस्तीमा सास्ती

सिरहा– यहाँको धनगढीमाई नगरपालिका–३ बनौलीमा ‘बजरङ्गबली कन्स्ट्रक्सन’द्वारा सञ्चालित सडक निर्माणमा

मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति

काठमाडौं– टाउको दुखाइको समस्या लिएर वीर अस्पताल पुगेकी एक सेवाग्राही

देशभर मनाइयो ४३ औँ बीपी स्मृति दिवस

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

पोखरा– पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक