कांग्रेस महामन्त्री, गृहमन्त्री र प्रमुख सचेतकबीच भूमिसम्बन्धी विधेयकबारे छलफल « Khabarhub

कांग्रेस महामन्त्री, गृहमन्त्री र प्रमुख सचेतकबीच भूमिसम्बन्धी विधेयकबारे छलफल


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको चालु अधिवेशनमा सैद्धान्तिक छलफल भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बारे आन्तरिक छलफल अघि बढाएको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्यामकुमार घिमिरेबीच भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ बारे छलफल भएको छ । 

छलफलमा गृहमन्त्री लेखकले सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले विधेयकलाई ‘फुल हाउस’बाट पास गर्ने पक्षमा देखिएको ‘ब्रिफिङ’ गरेका छन् । तर, महामन्त्री थापाले त्यसमा असहमति जनाएको स्रोतको भनाइ छ ।

उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि संशोधन प्रस्ताव दर्ता गरेका छन् । उनीहरू भूमि विधेयकलाई संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने पक्षमा छन् ।

गत असार २५ गते महामन्त्री शर्माले पर्याप्त गृहकार्य नगरी भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गगर्न लागिएको भन्दै आपत्ति जनाएका थिए । प्रतिनिधि सभा बैठकमा असार २५ गते भूमिसम्बन्धी विधेयक प्रस्तुत गरेर पारित गर्ने कार्यसूची थियो । 

कांग्रेसको असहमतिबिच सभामुख देवराज घिमिरेले भूमिसम्बन्धी विधेयकलाई सम्भावित कार्यसूचीमा राखेका थिए । तर, कांग्रेसको साथ नपाउने सम्भावना देखिएपछि उनले कार्यसूचीबाट हटाउनु परेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : ४० बजे

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान