ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि... | Khabarhub Khabarhub

ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि…


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक हमला गरेका छन् ।

उनले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा एक भिडियो पोस्ट गरेका छन्, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको छ।

तर, यो भिडियो आर्टिफिसियल इन्टेलिजेन्स एआईको सहयोगमा तयार गरिएको हो । भिडियोको क्याप्सनमा भनिएको छ, ‘कानुनभन्दा माथि कोही छैनन् ।’

भिडियोमा दुई एजेन्टहरूले ओबामालाई हातकडी लगाएको देखिएको छ । ट्रम्प नजिकै मुस्कुराउँदै बसेका छन् । भिडियोको अन्त्यमा ओबामालाई जेलमा कैदीको बर्दीमा देखाइएको छ ।

ट्रम्पले कुनै स्पष्टीकरणबिना भिडियो पोस्ट गर्नुलाई धेरैले गम्भीर रूपमा हेरका छन् । तर, यस्तो भिडियोले सर्वसाधारणलाई भ्रममा पार्नसक्ने आलोचकहरू बताउँछन् । ट्रम्पले हालै ओबामामाथि चुनावी धाँधलीको आरोप लगाएका बेला यो भिडियो सार्वजनिक भएको हो ।

केही दिन अघि अमेरिकाको डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्स डीएनआईका निर्देशक तुलसी गबार्डले २०१६ मा ओबामा प्रशासनका केही व्यक्तिहरूले ट्रम्प र रुसबीचको झूटो षड्यन्त्रको कथा बनाएको देखाउन सफल भएको दाबी गरेकी थिइन् ।

गबार्डले ट्रम्पलाई राष्ट्रपति बन्नबाट रोक्नको लागि यो प्रयास गरिएको र यो अमेरिकी लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको बताएकी थिइन् । ‘अब अमेरिकीहरूले कसरी गुप्तचर एजेन्सीहरूलाई दुरुपयोग गरियो भन्ने बारे सत्य थाहा पाउनेछन्,’ उनले भनेकी थिइन् ।

यद्यपि, डीएनआईद्वारा जारी गरिएको १ सय १४ पृष्ठको प्रतिवेदनले नोभेम्बर २०१६ को चुनावअघि अमेरिकी गुप्तचर एजेन्सीहरूले रूसले प्रत्यक्ष रूपमा चुनावलाई प्रभाव पार्ने प्रयास नगरेको विश्वास गरेको उल्लेख छ ।

प्रतिवेदनले ८ डिसेम्बर २०१६ को जानकारीलाई उद्धृत गरेको छ, जसमा रुसले अमेरिकी चुनावको नतिजा परिवर्तन गर्न कुनै साइबर आक्रमण नगरेको बताएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : ०८ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान