चाक्सीबारी बैठक : संविधान संशोधनबारे बहस चलाउनुपर्ने निष्कर्ष « Khabarhub

चाक्सीबारी बैठक : संविधान संशोधनबारे बहस चलाउनुपर्ने निष्कर्ष


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण हुने गरी पार्टीले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बसेको बैठकले कांग्रेसले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।  

‘संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन, यसलाई अब अगाडि बढाउनपर्छ,’ बैठकपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण हुने गरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भनेर छलफल गरेका छौँ ।’

उनले चाक्सीबारी बैठकमा पूर्वपदाधिकारीहरूबीच भएको छलफलका विषयमा मंगलबार नै सभापति शेरबहादुर देउवालाई जानकारी गराइने पनि बताए ।

‘समग्र विषयमा जे जति छलफल भयो, हामी भोलि नै हाम्रो सभापतिलाई भेटेर जानकारी गराउँछौँ,’ सिटैलाले भने । 

बैठकमा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा। प्रकाशशरण महत सहभागी थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ५९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय