‘होस्टल’को चौथो श्रृङ्खला ‘होस्टेल अगेन’ बनाउँदै सशान | Khabarhub Khabarhub

‘होस्टल’को चौथो श्रृङ्खला ‘होस्टेल अगेन’ बनाउँदै सशान


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘होस्टल ३’का निर्देशक सशान कँडेलले ‘होस्टेल अगेन’ निर्माणको घोषणा गरेका छन् ।

‘होस्टेल अगेन’ फिल्म ‘होस्टल’को चौथो श्रृङ्खला रहेको निर्देशक कँडेलले बताए ।

निर्देशक कँडेलले डेब्यू फिल्म ‘होस्टल ३’को सफलतापछि ‘बाउ भर्सेस’ छोरा निर्माणको घोषणा गरेका थिए ।

कलाकारहरुको व्यस्तताका कारण उक्त फिल्म निर्माणलाई थाती राख्दै ‘होस्टल अगेन’ बनाउने निर्णयमा पुगेको उनले बताए ।

उनले लेखेका छन्, ‘धेरै फिल्महरु निर्माण भइरहेकाले हामीले अनुबन्ध गर्न खोजिएका कलाकारहरूको यो वर्ष समय नमिलेको कारणले दोस्रो कोसेलीको रूपमा निर्माण गर्न खोजिएको बाउ भर्सेस छोरा चाहिँ ०८३ मात्र बन्ने जानकारी गराउँछौं ।’

यस फिल्मका कलाकारहरु चयनको काम बाँकी रहेको उनले जानकारी दिएका छन् । तथापि ‘होस्टल ३’का कलाकारहरु यसमा दोहोरिने उनले संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘होस्टल ३ का साथीहरु पनि क्रमशः जोडिदै जानुहुनेछ ।’

यो फिल्मको छायाङ्कन यही वर्ष हुने कँडेलले बताएका छन् ।

यस फिल्मको कथा निर्देशक कँडेलकै हो । पटकथा भने माधव शर्माको रहनेछ । निर्माता शंकर कोइराला हुन् । यी तीन जना ‘होस्टल ३’का टिम हुन् ।

सम्मान इन्टरटेन्मेन्ट ब्यानरले आरोकन फिल्मसँग सहकार्य गरेर यो फिल्म बन्न लागेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक