सिग्देल र पहारीको तर्क- पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन, एमालेमा ओलीको विकल्प छैन | Khabarhub Khabarhub

सिग्देल र पहारीको तर्क- पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन, एमालेमा ओलीको विकल्प छैन


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्न थालेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले चेतावनीसहितको सम्बोधन गरेपपछि केन्द्रीय सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिन थालिएको हो ।

बैठकमा सहभागी एकजना नेताका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरूले बोल्न थालेका छन् । उनीहरूले सबैभन्दा पहिले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधन प्रस्तावबारे धारणा राखेका छन् ।

अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।

बैठकमा बोल्दै गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य केदार सिग्देलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन लागेको कुराको विरोध गरेका छन् ।

केन्द्रीय सदस्य सिग्देलले भण्डारीतिर लक्षित गर्दै राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको टिप्पणी गरेका छन् ।

उता गण्डकीकै अर्का केन्द्रीय सदस्य राजीव पहारीले ११ औँ महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउनुपर्ने बताएका छन् ।

उनले बैठकमा सम्बोधनका क्रममा ओलीलाई नै आगामी ११ औँ महाधिवेशनमा पनि अध्यक्ष बनाउन सबै केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् ।

पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनु पर्ने पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ४३ बजे

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले

जाँचबुझ आयोगद्वारा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन

कञ्चनपुर – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा

ट्रम्प-सी भेटवार्ता : थामिएला दुई ‘महाशक्ति’ बीचको व्यापार युद्ध ?

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह

बेइजिङ– चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी