मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा र बिक्रीदर १३८ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६७ पैसा र बिक्रीदर १६१ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ५३ पैसा र बिक्रीदर १८६ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ३४ पैसा र बिक्रीदर १७३ रुपियाँ नौ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८० पैसा र बिक्रीदर ९० रुपियाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ५१ पैसा र बिक्रीदर १०० रुपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४८ पैसा र बिक्रीदर १०७ रुपियाँ ९४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७३ पैसा र बिक्रीदर ३६ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५३ पैसा र बिक्रीदर ३२ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९४ पैसा र बिक्रीदर नौ रुपियाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३३ पैसा र बिक्रीदर १४ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ५५ पैसा र बिक्रीदर १७ रुपियाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ सात पैसा र बिक्रीदर ४५३ रुपियाँ चार पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपियाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ ८६ पैसा र बिक्रीदर ३५९ रुपियाँ ४२ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ५२ बजे

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

दोधारा चाँदनी– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा

पूर्वराष्ट्रपतिलाई छेक्ने एमालेको तयारी, प्रवक्ता भन्छन्- महत्वपूर्ण निर्णय लिने सम्भावना छ

काठमाडौं- नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी

तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरूको चिन्ता

काठमाडौं– तराईमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा

वैशाख १ को सन्देशले बिच्किएका ओलीले जब पूर्वराष्ट्रपति भण्डारीलाई फोनमा भने- तपाईंको सदस्यता पेन्डिङमा गयो

काठमाडौ– नेकपा माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई अध्यक्ष पुष्पकमल