गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा « Khabarhub

गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने आवाज उठाएका छन्। गाजामा सर्वसाधारणमाथि भएको ज्यादती एकदमै बढी भएको भन्दै उनीहरुले निन्दा गरेका हुन्।

सार्वजनिक भएको संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोकेको तथा त्यहाँको नागरिकको हत्या गरेको भन्दै निन्दा गरिएको छ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एक सातामा इजरायली आक्रमणबाट १०९ जना मारिएको तथा कुपोषणका कारण अन्य १९ जना मारिएको जनाइएको छ।

मन्त्रालयले सैन्य समूहमाथि झुटको प्रचार गरेको तथा युद्ध विराम गर्न नचाहेको तथा नागरिक मार्न सक्रिय भएको आरोप लगाइएको छ। युद्धको पछिल्लो २१ महिनामा इजरायलले बनाएको नीति र योजनाको समेत आलोचना गरिएको छ।

यसरी विज्ञप्ति हस्ताक्षर गर्नेमा बेलायत तथा अन्य २७ देशमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिलयान्ड र स्वीजरल्यान्ड छन्। उनीहरूले पानी र खाद्यान्नको अभाव भइरहेको तथा राहत कुरिरहेको समयमा आठ सय जना प्यालेस्टाइनी मारिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : १३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर