मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भावना | Khabarhub Khabarhub

मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भावना


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : १३ बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु