सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत ! | Khabarhub Khabarhub

सन्दर्भ बीपी स्मृति

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !



बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको थियो। लुगाको धरोका नाममा एउटा कट्टु लगाएको ७, ८ वर्षको बालक उनीहरुको डिब्बामा प्रवेश ग-यो। त्यो बालक मुसो झैं लुथ्रुक्क भिजेको थियो। अपरिचित बालक विदेशी भूमिमा त्यसरी प्रकट भएको देखेपछि बीपी दम्पती सचेत भए। यात्रु लुट्न बालक प्रयोग गरिएको हुन सक्ने ठानेर उनीहरु सतर्क भए। केहीबेर बुढाबुढी मुखामुख गरे। त्यो केटो थर्रर्रर काँपिरहेको थियो। बीपी दम्पती न त्यो केटालाई प्रेम दर्शाउन सक्थे, न नजरबाट हटाउन नै। तर अपरिचित बालकको आशामुखी नजर बीपी दम्पतीमाथि परिरह्यो।

यो दृश्यले सुशीलाको बात्सल्य उम्लेर आयो। त्यो बच्चालाई आफू नजिक बोलाइन्। खानेकुरा दिइन्। मजेत्रोले शरीर ढाकिदिइन्। फकिर केटाको न जाने गन्तव्य थियो, न कुनै परिचय नै। बीपीले त्यो बालकलाई सोधे- ‘हामीसँग जान्छौ ?’ उसले पहिलो सोधाइमै स्वीकृतिको मुन्टो हल्लायो। अनाम केटोले विराटनगरको कोइराला निवासमा प्रवेश पायो। उमेरले तारिणीप्रसाद कोइरालाको समवयी बालकले सहोदर भाइकै दर्जा पायो। त्यहीँ हुक्र्यो, त्यहीँ बढ्यो, त्यहीँ पढ्यो। राजनीतिक क्रान्तिका हरेक मोडमा झण्डा बोक्यो। स्वदेशमा होस या प्रवासमा बीपीको असली भाइ बनेर घर र राजनीतिको मोर्चा सम्हाल्यो। साहित्यमा कलम चलायो। कालान्तरमा भारतकै नामी लेखकको ख्याती पायो। बीपीका अधिकांश कृति हिन्दीमा अनुवाद ग-यो। संघर्षले खारिएको त्यो प्रतिभाको नाम थियो- फणिश्वरनाथ रेणु।

कुनैबेला बीपी पत्नी सुशीला कत्थक नाचेर आएको पैसाले चना किनेर कार्यकर्ता पाल्थिन। गिरिजाप्रसाद, सुशील कोइरालाले पत्रिकाको हकर बनेर जाउलोको मेसो मिलाए। भीमबहादुर तामाङ फूल गोेडमेल गरेर सुशीलालाई सघाउँथे। कृष्णप्रसाद भट्टराई पार्टी चलाउने खर्च कमिजको एउटा गोजी र व्यक्तिगत खर्च अर्को गोजीमा राख्थे। कालान्तरमा ती पात्रको कायाकल्प कसरी भयो, सबैलाई थाहै छ।

नेता कस्तो हुनुपर्छ ? त्यसको सपाट उत्तर संसारको कुनै विधि तथा शास्त्रले दिन नसक्ला। तर पहिलो सर्त भनेको व्यक्तित्व निर्माण हुन उभित्र मानव धर्मको अखण्ड ज्योति बल्नुपर्छ भन्नेमा दुईमत छैन्। कुनैबेला बीपी पत्नी सुशीला कत्थक नाचेर आएको पैसाले चना किनेर कार्यकर्ता पाल्थिन। गिरिजाप्रसाद, सुशील कोइरालाले पत्रिकाको हकर बनेर जाउलोको मेसो मिलाए। प्रवासमा रहँदा भीमबहादुर तामाङ फूल गोेडमेल गरेर सुशीलालाई सघाउँथे। शिव कंगाल बीपीको घरमा पाहुना भएर आउँदा खुमबहादुर खड्का चिया बनाएर सत्कार गर्थे। कृष्णप्रसाद भट्टराई पार्टी चलाउने खर्च कमिजको एउटा गोजी र व्यक्तिगत खर्च अर्को गोजीमा राख्थे। कालान्तरमा ती पात्रको कायाकल्प कसरी भयो, सबैलाई थाहै छ। अघिल्लो पुस्तासम्म संस्कारको राजनीति यति प्रवल थियो कि विचारमा असहमत हुँदाहुँदै निर्णायक घडीमा कोही कसैबाट प्रताडित हुँदैनथ्यो।

नित्य मर्निङवाकमा निस्कने राजा महेन्द्रका प्रियपात्र कीर्तिनिधि विष्ट चाबहिल पुगेर बीपीलाई नियमित भेट्थे। मातृका-बीपी, बीपी-सुवर्णशमशेर खटपट हुँदा पनि लोकतन्त्रको विषयमा उनीहरु खरो उत्रन्थे। बीपीले प्रवास रोज्दा कृष्णप्रसाद भट्टराईले स्वदेशमै रहने अड्डी कसे। तर जीवनको उत्तराद्र्धमा बीपीले कांग्रेसको मूलढोकाको साँचो तिनै भट्टराईलाई बुझाएर बिदा भए।

खुकुरी दलले गृहमन्त्री रहेका बीपीको जीउज्यानमाथि नै धावा बोलेपछि राजा त्रिभुवनले दरबारमै लगेर बास दिए। कालान्तरमा नेताहरु भावुक भएर ‘बिजुली गारत’ नामको सैनिक दस्ता दरबार मातहत छोडिदिँदा त्यही शक्तिको आडमा राजाले उल्टै नेता डसे। त्यो बीउले जिन्दगीभर राजा-नेता सम्बन्ध जोगी-भैंसीजस्तै बन्यो। मोहनशमशेरको ठम्याइमा थोतो शक्तिहीन बनाइएको बाघको मुखमा नेताहरुले दाह्रा लगाउने काम गरे। अरु त अरु राजा वीरेन्द्रले जेलमा रहेका बीपीलाई क्यान्सरको उपचार गर्न अमेरिका पठाउने बन्दोबस्त मिलाइदिए।

अहिले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालबाटै एमाले, कांग्रेस र माओवादी पार्टी बचाउनुपर्ने अवस्था छ। तिनीहरु नेतृत्वको पार्टी विचारले नभई हुण्डी र क्यूआर कोडले चल्छ।

अहिले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालबाटै एमाले, कांग्रेस र माओवादी पार्टी बचाउनुपर्ने अवस्था छ। तिनीहरु नेतृत्वको पार्टी विचारले नभई हुण्डी र क्यूआर कोडले चल्छ। जुनसुकै देशमा गए पनि नेताका घरबास, व्यापार छन्। सबै पार्टी कार्यालयमा बाछाभन्दा गुइँठाको उफ्राई सुन्दर देखिन थालेको छ। अहिले जेठोबाठो तहका नेताको त कुरै भएन, साइँलो-काइँला स्तरका नेता भेट्न तीन चार तह पार गर्नुपर्छ। कांग्रेसमा बीपीको सच्चा अनुयायीको हवाला दिएर सार्वजनिक अभिव्यक्ति दिनेमा सुनील शर्मा र कान्छा लामा अग्रपंक्तिमा पर्ने गरेका छन्। संसद र सञ्चारमाध्यममा उनीहरु नै बीपीभक्त भएर छाउँछन्। यी पात्रको अस्वाभाविक उदय नै पार्टीमा विचार मुर्झाउँदै गएको सग्लो प्रमाण हो। बीपीको छत्रछाया पाएर मुलुकको पाँचपटक कार्यकारी हुने हैसियत बनाएका शेरबहादुर देउवाका लागि विनोद चौधरी, उमेश श्रेष्ठको उन्नयन राजनीतिक जीवनको जप, तप बनेको छ।

तीनपुस्ते कांग्रेस सक्रिय सदस्यकै बाजीमा खुम्चिएका छन्। जति उग्रसँग नेतृत्वविरुद्ध कांग्रेसी उफ्रिन्छ, उति नै अब्बल कार्यकर्ता कहलाउँछ। बीपीभक्तको दाबी बढिरहँदा बीपी स्वयं आफ्नो कसीमा कस्तो देखिन चाहान्थे ? उनी भन्छन्- ‘मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्छ भने यसकारण नदेओस् कि मैले आफ्नो बुताबाट एउटा मिथ्या धारणा सिर्जना गरेँ भनेर। श्रेय दिनु छ भने एउटै कुरामा देओस् कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु। त्यो श्रेय चाहिँ देओस्, न कि मैले मेरो आफ्नो बुताबाट गरेँ भनेर। कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संस्था विकसित हुने, देश विकास हुने त्यो हुनै सक्दैन। हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि। जस्तोसुकै बुद्धिमानले पनि त्यो गर्न सक्दैन। त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरो मेरो लागि ठूलो सौभाग्यको हुनेछ।’

तीनपुस्ते कांग्रेस सक्रिय सदस्यकै बाजीमा खुम्चिएका छन्। जति उग्रसँग नेतृत्वविरुद्ध कांग्रेसी उफ्रिन्छ, उति नै अब्बल कार्यकर्ता कहलाउँछ।

बीपीका कृति कम्युनिष्टले अक्षर अक्षर पढेका छन्। तर कांग्रेसीलाई पुस्तकको खोलको रंग थाहा छैन। आफू बाँचेकै घडी बीपीले कांग्रेसले अध्ययन गर्ने चरित्र कम भएकोमा चिन्ता जनाएका थिए। कांग्रेसी विचारमा यति निम्छरा भएका छन् कि विनोद चौधरी, उमेश श्रेष्ठ, कान्छाराम, सुनील शर्मा र राजेन्द्र बजगाईंको आर्थिक उन्नयनमा बीपीको समाजवाद फस्टाएको हिसाब किताबमा नेताहरु दिउँसै सपना देख्न थालेका छन्।

सरकार लडाउने, सरकार बनाउने, बजेट फाइनल गर्ने काम व्यापारीका घरभित्र हुने गरेको अभ्यासले पनि मुलुक विधिशास्त्रमा चलाउने भन्दा ‘अन्तिम भोज’ गर्ने तर्फ शीर्ष नेतृत्वको अर्जुनदृष्टि प्रष्ट छ।

नेतृत्वले नयाँ माटो आविष्कार गर्ने होइन्। भगवान शिवको आराधना गरेर हिमालय पर्वतबाट हिमचट्टान फोरेर पानी झार्ने होइन्। अझ पानी त त्यस्तो चीज हो, जुन एक थोपो पनि कसैले बनाउन सक्दैन। यो त रिचार्ज हुने मात्र हो। न हिन्दी फिल्मको हिरो झै असम्भव पुरुषार्थ देखाउने नै हो। काम गर्नु भनेको इमान्दारीको संस्थागत विकास हो। राज्य सञ्चालन प्रक्रियामा जनतालाई कम गुनासोको अवसर दिनु हो। दुःख कहिले पो थिएन ? चोरी, हत्या, बलात्कार, दुराचार, पापाचारका घटना भर्खर शुरु भएका हुन् र ? होइन, मानव प्रयास यस्ता कुकृत्य न्यून बनाउने तर्फ केन्द्रित हुनुपर्छ।

काम गर्नु भनेको इमान्दारीको संस्थागत विकास हो। राज्य सञ्चालन प्रक्रियामा जनतालाई कम गुनासोको अवसर दिनु हो।

गाई परापूर्व कालदेखिनै घाँस खान्थ्यो। बाघ अहिले आएर मांसहारी भएको होइन्। लामखुट्टे, उडुस, उपियाँलाई मान्छेले तालिम दिएर रगत चुसेर भाग्न सिकाएको होइन्। मान्छेले बाँदरलाई भन्ने त्यही चकचके स्वभावका कारण प्राकृतिक चक्र चलेको छ। जहाँ बाँदरले चाहिने बढी तुलफूल झार्छ, त्यो खान मृग हाजिर हुन्छ। जहाँ मृग आफ्नो पेट भर्न आउँछ, तब उ पत्तै नपाई चितुवाको आहार भइसकेको हुन्छ। हात्ती स्वभावतः भीमकाय हुन्छ। उ हिँड्दा मात्रै लाखौं साना जीवनजन्तु मरिरहेका हुन्छन्। अब कमिला, पानीमुनिका माछा, गँड्यौलाको नास हुन्छ भनेर हात्तीले दैनिकी ठप्प ग-यो भने के हुन्छ ?

पहिला पहिलाका राजा, महाराजा र राजनेतामा प्रताप हुन्थ्यो। त्यसैले तिनीहरु प्रतापी कहलाउँथे। प्रताप भनेको नाममा जोडिएको फुँदो नभएर नैतिकताको अर्को नाम हो। हाम्रा नेता महाराज यायातिजस्ता भएका छन्, जसले काम वासनामा तृप्त नभएपछि कान्छो छोरा पुरुको जवानी पैंचो लिएका थिए। कालान्तरमा ती राजा काम वासनाबाट थकित भए तर किमार्थ तृप्त भएनन्।

नेताहरुको लिलिपुट सोचले ल्याएको कुशासनलाई हेरेर शासनप्रणालीमाथि धारेहात लगाउनु उचित हुन्न। उखु बाङ्गो भए पनि रस त गुलियै हुन्छ नि।

प्रकृतिमा मान्छेअघि जन्मिएको प्राणी साङ्लो हो। जुन प्राणी चार अरब वर्षअघि पृथ्वीमा आएको विश्वास गरिन्छ। अझ आश्चर्य त यो प्राणीको रगत सेतो हुन्छ। परीक्षण त भएको छैन तर जति परिपक्व हुँदै गयो, उति असहिष्णु हुने हाम्रा नेतामा देखिएको बेइमानी चरित्रमा राजनीतिक रगतमै गडबडी छ कि ? रातो झण्डा उचालेर कालो कर्ममा उत्साही हुनु विडम्बना हो। नेताहरुको लिलिपुट सोचले ल्याएको कुशासनलाई हेरेर शासन प्रणालीमाथि धारेहात लगाउनु उचित हुन्न। उखु बाङ्गो भए पनि रस त गुलियै हुन्छ नि।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ५० बजे

निजामती विधेयकमा कुलिङ पिरियड हटाउन खोजे सरकार टिक्दैन : काङ्ग्रेस महामन्त्री शर्मा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकको

अपाङ्गता भएका चिनियाँ बालबालिकाको शिक्षामा उल्लेखनीय प्रगति

एजेन्सी – चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा

माधव ढुंगेलको सुझाव : पूर्वराष्ट्रपतिलाई विवादित नबनाऔँ, उच्च सम्मानसहित भूमिका दिऊँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी

सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण 

राजविराज– सप्तरीमा  खानेपानीको अभाव भएपछि प्रदेश सरकारले दमकल-ट्यांकरमार्फत खानेपानी वितरण