संस्कृति र खेलकुदको संगम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक | Khabarhub Khabarhub

संस्कृति र खेलकुदको संगम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी लायन्सले  मंगलबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र होइन, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्दछ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बहादुर जिसीले भने, ‘यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ ।’ 

उनले थप थपे, ‘लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।’

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थापना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्त्वहरू समावेश गरिएको छ । सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ ।

वि.सं. २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार छ । नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : १७ बजे

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर

ओलीको प्रशंसामा उषाकलाका शब्द- कार्यशैली अद्‍भुत, मिहिनेत गर्ने कुरामा २० वर्षे युवाले पनि भेट्न सक्दैन

काठमाडौं – ‌नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकला राई पार्टी केन्द्रीय