पार्टीले भूमि व्यवस्थामन्त्रीको राजीनामा माग्न लाचारी देखायो : शेखर कोइराला   « Khabarhub

पार्टीले भूमि व्यवस्थामन्त्रीको राजीनामा माग्न लाचारी देखायो : शेखर कोइराला  


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको राजीनामा मागे पनि कांग्रेस लाचार देखिएको टिप्पणी गरेका छन् । 

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आयोजना गरेको कार्यक्रममा उनले ‘घुस काण्ड’को अडियो सार्वजनिक भएका मन्त्री अधिकारीको राजीनामा कांग्रेसले माग्न नसकेको टिप्पणी गरेका हुन् ।  

‘भ्रष्ट मन्त्रीहरू एक जनाले त राजीनामा दिनुभयो, अझै एक जना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौँ,’ कोइरालाले भने, ‘योभन्दा लाछीपन के हुन्छ हाम्रो ?’

उनले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसदीय समितिमा छलफल हुनुपर्नेमा जोड दिए । ‘भूमि विधेयक के हतार छ पारित गर्न ? नेता कोइरालाले प्रश्न गरे, ‘आजभोलि नै पास गर्न रु किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन् ?’

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : २६ बजे

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी