‘आँबाट आमा’मा सिम्रन अनुबन्ध, दोस्रो फिल्ममा पलसँग रोमान्स गर्ने पक्का « Khabarhub

‘आँबाट आमा’मा सिम्रन अनुबन्ध, दोस्रो फिल्ममा पलसँग रोमान्स गर्ने पक्का


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘होस्टल’बाट ठूलो पर्दामा डेब्यू गरेकी सिम्रन पन्त अर्को फिल्म ‘आँबाट आमा’मा अनुबन्ध भएकी छन् ।

चन्द्र पन्तको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा सिम्रन अनुबन्ध भएको निर्माण पक्षले सोमबार सार्वजनिक गरेको हो । उनको यो दोस्रो फिल्म हो ।

निर्देशक पन्तका अनुसार उनी नायक पल शाहको जोडीको भूमिकामा अनुबन्ध भएकी हुन् । अर्थात्, उनले दोस्रो फिल्ममा नै पल शाहसँग अनस्क्रिन रोमान्स गर्ने भएकी हुन् ।

पन्तका अनुसार अझै केही कलाकार चयनको काम बाँकी रहेको छ । यसअघि फिल्ममा विपना थापा, भारतीय कलाकार प्रदीप रावत अनुबन्ध भइसेकेको निर्माण पक्षले बताएको छ ।

पन्तको डेब्यू निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’ गत वर्ष प्रदर्शनमा आएको थियो । यो उनको दोस्रो फिल्म हो ।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको छायाङ्कन भदौबाट सुरु हुने पन्तले बताए । फिल्मको प्रदर्शन मिति फागुन १५ लाई तोकिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : १६ बजे

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको