इरानी विदेशमन्त्रीद्वारा राजीनामा « Khabarhub

इरानी विदेशमन्त्रीद्वारा राजीनामा


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानी विदेशमन्त्री मोहम्मद जवाद जारिफले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफूले इरानी नागरिकको सेवा र सहयोग गर्न नसकेको भन्दै माफी समेत मागेका छन् । यद्यपि उनको राजीनामा राष्ट्रपति हसन रौहानीले हालसम्म स्वीकृत गरिनसकेको बताइएको छ ।

उनी सन् २०१३ मा इरानको विदेशमन्त्रीमा नियुक्त भएका थिए । सन् २०१५ मा इरान र अमेरिकासहित बेलायत, जर्मनी, युरोपेली युनियन, फ्रान्स, रुस, चीनबीच भएको आणविक सम्झौतामा जरिफको भूमिका महत्वपूर्ण रहेको बताइन्छ । उनले राजीनामा दिनुको कारण स्पष्ट भइसकेको छैन ।

यद्यपि पछिल्लो समय अमेरिकाले इरानसँग भएको आणविक सम्झौता अस्वीकार गर्ने घोषणा गरेपछि इरानभित्र जरिफमाथि चर्को दबाब रहँदै आएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ४ : ३८ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै