इरानी विदेशमन्त्रीद्वारा राजीनामा « Khabarhub

इरानी विदेशमन्त्रीद्वारा राजीनामा


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानी विदेशमन्त्री मोहम्मद जवाद जारिफले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफूले इरानी नागरिकको सेवा र सहयोग गर्न नसकेको भन्दै माफी समेत मागेका छन् । यद्यपि उनको राजीनामा राष्ट्रपति हसन रौहानीले हालसम्म स्वीकृत गरिनसकेको बताइएको छ ।

उनी सन् २०१३ मा इरानको विदेशमन्त्रीमा नियुक्त भएका थिए । सन् २०१५ मा इरान र अमेरिकासहित बेलायत, जर्मनी, युरोपेली युनियन, फ्रान्स, रुस, चीनबीच भएको आणविक सम्झौतामा जरिफको भूमिका महत्वपूर्ण रहेको बताइन्छ । उनले राजीनामा दिनुको कारण स्पष्ट भइसकेको छैन ।

यद्यपि पछिल्लो समय अमेरिकाले इरानसँग भएको आणविक सम्झौता अस्वीकार गर्ने घोषणा गरेपछि इरानभित्र जरिफमाथि चर्को दबाब रहँदै आएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ४ : ३८ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका