जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए « Khabarhub

जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा घट्ने बताएका छन् ।

मंगलबार ४७औं पुष्पलाल स्मृतिमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यो किसिमको संकल्प नेपालको राजनीतिक नेतृत्वमा नदेखिएको पनि उनले बताएका छन् ।

शर्माले मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट नेताहरूले असुली धन्दा चलाएको पनि बताएका छन् ।

उनले नेपालका कम्युष्टि नेताहरू बिचौलिया र कमिसनखोरीबाट टाढा रहन नसकेको बताए । ‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो आरोप होइन, यथार्थ हो,’ उनले भने ।

शर्माले पार्टीमा नेतृत्वको वरिपरि गोलबन्द भएर जयजयकार, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने प्रवृत्तिको विकास भइरहेको बताए ।

नेतृत्वमा पनि जसले प्रशंसा र चाकडी गर्छ, उसैलाई आर्शिवाद दिने प्रवृत्ति मौलाएको उनले बताए ।

पार्टीमा जनवादी केन्द्रीयताको कुरा गरिरहँदा जनवाद समाप्त भइसकेर केन्द्रीयतामात्रै बाँकी रहेको उनले बताए । अहिले कम्युनिष्ट पार्टी सामन्ती झुण्डजस्ता बन्न थालेको उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ३३ बजे

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आरसिबी ६ विकेटले पराजित

काठमाडौं – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को रोमाञ्चक खेलमा