गगनले सुनाए हिसाब- ओली नेतृत्वको सरकारले एक वर्ष खेर फ्याँक्यो « Khabarhub

गगनले सुनाए हिसाब- ओली नेतृत्वको सरकारले एक वर्ष खेर फ्याँक्यो


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठूला दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको शक्तिशाली सरकारले एक वर्ष खेर फ्याँकेको निष्कर्ष निकालेका छन् ।

चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले यस्तो ओली नेतृत्वको सरकारबारे यस्तो निष्कर्ष सुनाएका हुन् ।

सरकारले एक वर्ष खेर फ्याँकेकाले अब गम्भीर समीक्षा हुनुपर्नेमा थापाले बताएका छन्। । आवश्यक परे मन्त्रीहरू फेरेर भए पनि सरकारको प्रभावकारिता बढाउनुपर्ने सुझाव उनले दिएका छन् ।

‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो, त्यसमा हामी नराम्रोसँग चुकेका छौँ। केपी ओलीले सरकारको नेतृत्व गरिराख्नुभएको छ, हामी त्यसको साझेदार छौँ’, उनले भने, ‘मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफ्याँकौँ ।’

महामन्त्री थापाले अहिले सरकार टिक्नु नै खुसीको कुरा भएजस्तो मात्रै भएकोले अब उपलब्धि हाँसिल गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ०४ बजे

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब