गगनले सुनाए हिसाब- ओली नेतृत्वको सरकारले एक वर्ष खेर फ्याँक्यो « Khabarhub

गगनले सुनाए हिसाब- ओली नेतृत्वको सरकारले एक वर्ष खेर फ्याँक्यो


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठूला दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको शक्तिशाली सरकारले एक वर्ष खेर फ्याँकेको निष्कर्ष निकालेका छन् ।

चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले यस्तो ओली नेतृत्वको सरकारबारे यस्तो निष्कर्ष सुनाएका हुन् ।

सरकारले एक वर्ष खेर फ्याँकेकाले अब गम्भीर समीक्षा हुनुपर्नेमा थापाले बताएका छन्। । आवश्यक परे मन्त्रीहरू फेरेर भए पनि सरकारको प्रभावकारिता बढाउनुपर्ने सुझाव उनले दिएका छन् ।

‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो, त्यसमा हामी नराम्रोसँग चुकेका छौँ। केपी ओलीले सरकारको नेतृत्व गरिराख्नुभएको छ, हामी त्यसको साझेदार छौँ’, उनले भने, ‘मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफ्याँकौँ ।’

महामन्त्री थापाले अहिले सरकार टिक्नु नै खुसीको कुरा भएजस्तो मात्रै भएकोले अब उपलब्धि हाँसिल गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ०४ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग