ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए « Khabarhub

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले आपत्ति जनाएका छन् ।

थापाले बोल्न समय मागेपछि अध्यक्ष केपी शर्मा ओलीले नदिएको स्रोतले जनाएको छ ।

समय माग्दा नदिएर ओलीले केन्द्रीय कमिटी बैठक समापन गर्न खोज्दा थापाले आपत्ति प्रकट गरेका हुन् । उनको आपत्तिबीच ओलीले अहिले समापन भाषण गरिरहेका छन् ।

एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखे ।

केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोले । उनीहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले प्रश्नहरूको जवाफ दिए ।

आयोगका अध्यक्षहरूलाई बोल्नको लागि ७ मिनेटको समय दिइएको थियो । तीनवटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ५१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर