ओलीको प्रशंसामा उषाकलाका शब्द- कार्यशैली अद्‍भुत, मिहिनेत गर्ने कुरामा २० वर्षे युवाले पनि भेट्न सक्दैन | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक

ओलीको प्रशंसामा उषाकलाका शब्द- कार्यशैली अद्‍भुत, मिहिनेत गर्ने कुरामा २० वर्षे युवाले पनि भेट्न सक्दैन


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‌नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकला राई पार्टी केन्द्रीय कमिटीको नवौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई ‘अपरिहार्य’ भन्दै विधान संशोधनको पक्षमा उभिएकी छन् ।

एमालेको विधानमा उल्लेखित दुई कार्यकाल र ७० वर्ष उमेरको हदम्याद हटाउने निर्णय ‘पार्टी अध्यक्ष ओलीको अपूर्व क्षमताका कारण’ सान्दर्भिक रहेको उनले बताइन् ।

राईले बैठकमा धारणा राख्दै भनिन्, ‘यो निर्णय केपी ओलीलाई हेरेर गरिएको हो, त्यसमा अप्ठ्यारो मान्नुपर्ने केही छैन, उहाँ २४ मध्ये २० घण्टा देश र पार्टीका लागि खट्न सक्ने नेता हो ।’

राईले ओलीको कार्यशैलीलाई अद्भुत भन्दै समर्थन जनाइन् । । उनले अगाडि भनिन्, ‘२० वर्षको युवाले पनि ओलीको जस्तो मिहिनेत गर्न सक्दैन् ।’

एमाले अध्यक्ष ओली र पार्टीमाथि भइरहेको घेराबन्दीलाई राईले राष्ट्रियतामाथिको हमलाको संज्ञा दिइन् ।

‘यो घेराबन्दी राष्ट्रिय विकास र समृद्धि रोक्न गरिएको हो, चुच्चे नक्सा सार्वजनिक, नाकाबन्दीको सामना, र द्रूत विकास गर्ने क्षमता भएकाले केपी ओली आज घेराबन्दीमा हुनुहुन्छ’, उनले भनिन् ।

राईले ओली ‘देशका लागि अपरिहार्य’ र ‘इतिहासकै बलिया नेता’ भएको बताइन् ।

राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशबारे पनि धारणा राखिन् । ‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किन मिल्दैन’, राईले भनिन्, ‘यो उहाँको व्यक्तिगत इच्छा होइन, गणतन्त्रको प्रतीक राष्ट्रपति पदले उहाँलाई जीवनभर ओज र सम्मानमा राख्नुपर्छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ५६ बजे

सुरेन्द्र र युवराजले केपीलाई घेर्दा जब मौन बसे ईश्वर पोखरेल…

काठमाडौं- १ साउनमा ललितपुरको च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकमा

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचारका कुनै पनि घटनालाई सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० सालमा

विद्या भण्डारी नरोकिने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग

पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१