एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै « Khabarhub

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर अन्य नेताले जवाफ दिइसकेपछि अध्यक्ष केपी शर्मा ओलीले लामो सम्बोधन गरिरहेका छन् ।

एकजना केन्द्रीय सदस्यका अनुसार बैठकमा १३१ जनाले पार्टी विधान र समसामयिक बिषयमा आफ्ना धारणा राखे ।

बैठकमा त्यसपछि केन्द्रीय निकायका प्रमुखहरूले बोलेका छन् । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठकका निर्णय सुनाउने क्रममा लामो सम्बोधन गरेका हुन् । उनले यो तीन दिने बैठकको घोषणा पनि सार्वजनिक गर्नेछन् ।

यो पटक एमालेमा सचिवालय र पोलिटब्युरो सदस्यले बोलिसकेको कमिटीमा बोलिसकेकाहरूलाई केन्द्रीय सदस्यसमक्ष आफ्ना धारणा राख्न रोक लगाइएको छ। त्यहीकारण बोल्न समय माग्दा पनि स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई ओलीले समय दिएनन् ।

यसअघिका एमाले केन्द्रीय कमिटी बैठकमा निर्णय सार्वजनिक गर्ने चलन थियो । यो पराम्परागत चलन छाडेर पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठकको पनि `घोषणा पत्र´ सार्वजनिक गर्दैछ । जसलाई ओलीले सार्वजनिक गर्दैछन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १० : ५० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर