पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो « Khabarhub

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनलाई अहिलेलाई रातो झन्डा देखाइएदिएका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधनका क्रममा उनले राजनीतिक दलभन्दा माथि भएकैले पूर्वराष्ट्रपतिलाई ‘गणतन्त्र गौरव’को सम्मान दिइएको पनि स्मरण गराएका छन् ।

अहिलेकै अवस्थामा उनलाई राजनीतिमा ल्याएर एमालेको अध्यक्ष बनाउने सम्भावनालाई ठाडै नकारेका ‌ओलीले ‘गणतन्त्र गौरव’ले सम्मान गरिसकेको अवस्थामा उनले त्यहीअनुसार बस्नुपर्ने बताएका छन् ।

‘सबै पार्टी बोलाएर उहाँलाई गणतन्त्र गौरवले सम्मान गरेको पनि राजनीतिक दलको राजनीतिभन्दा माथि हो भनेरै हो’, उनले भने, ’राजा हटाएर बनाएको संस्थाको प्रमुख भएको व्यक्तिलाई हामी सबैले सम्मान गर्नुपर्छ । पार्टीले उहाँलाई सम्मान गर्छ ।’

एमालेले पूर्व राष्ट्रपति भण्डारीलाई २०८१ वैशाख १० गते ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सवको अवसर पारेर एमालेले उनलाई सो सम्मान प्रदान गरिएको थियो ।

त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रूपमा उनलाई सम्मान प्रदान गरेका थिए । ओलीले मंगलबारको सम्बोधनमा यही प्रसंग झिकेका हुन् ।

एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलालाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको थियो ।

भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भूमिका निर्वाह गरेकी थिइन् । समारोहलाई सम्बोधन गर्दै त्यसबेला उनले एमालेप्रति आभार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : २९ बजे

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको