बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ९० पैसा र बिक्रीदर १३८ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ३० पैसा र बिक्रीदर १६२ रुपियाँ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८५ पैसा र बिक्रीदर १८६ रुपियाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ९८ पैसा र बिक्रीदर १७३ रुपियाँ ७३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८१ पैसा र बिक्रीदर ९० रुपियाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८१ पैसा र बिक्रीदर १०१ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ५९ पैसा र बिक्रीदर १०८ रुपियाँ ०६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २२ पैसा र बिक्रीदर १९ रुपियाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७६ पैसा र बिक्रीदर ३६ रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८३ पैसा र बिक्रीदर ३८ रुपियाँ कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५९ पैसा र बिक्रीदर ३२ रुपियाँ ७३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६१ पैसा र बिक्रीदर २१ रुपियाँ ७० पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५७ पैसा र बिक्रीदर १७ रुपियाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ५८ पैसा र बिक्रीदर ४५३ रुपियाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपियाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ १७ पैसा र विक्रीदर ३५९ रुपियाँ ७३ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ३१ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध