४५ बर्षदेखि खाजाका रुपमा सिसा खाने वकिल « Khabarhub

४५ बर्षदेखि खाजाका रुपमा सिसा खाने वकिल


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसले खाजामा के खाला ? घरमा भए भुटेको मकै, चाम्रे, चिउरा, रोटी र पसलबाट भए चाउमिन, मम, चटपटे वा कुनै माछामासुका परीकार वा यस्तै अरु केहि खाला ।

तर कोही मानिसले खाजामा सिसा खान्छ भन्दा के तपाई पत्याउनु हुन्छ । पक्कै पत्याउनु हुन्न होला । बरु उल्टै तपाई प्रति प्रश्न गर्नुहोला, खाजामा कसले सिसा खान्छ ? खाजा त के अन्य बेलामा पनि कोहि ब्यक्ति सिसा खान सक्दैन ।

सिसा खानु आफै खतरनाक छ  । साथै यो स्वास्थ्यका लागी पनि निकै हानिकारक छ । तर अहिले सामाजिक सञ्जालमा एक ब्यक्तिले कपाकप सिसा खाएको भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा एक ब्यक्ति स्ट्रेमा रहेको चिम र बोतलको टुक्राहरु चबाउदै निल्दछन् ।

भिडियोमा देखिएका ब्यक्ति भारत मध्यप्रदेशमा रहेको डिन्डौरी जिल्लाको शहपुराका निवासी दयाराम साहु हुन् । उनले विगत ४५ बर्षदेखि खाजामा सिसा खादै आएका छन् ।

दयाराम पेशाले वकील हुन् । सिसा खानु दयारामको कुनै बाध्यता न त उनि कुनै मनोरोगको शिकार छन् यो उनको शँैख हो । बालापनबाटै सिसा खाने शुरु गरेका दयाराम आजपनि खाजामा सिसाका टुक्रा चपाएर खाने गर्दछन् ।

अझ रोचक कुरा त के छ भने दयारामकी श्रीमती समेत श्रीमानलाई खाजा ख्वाउन अन्न, तरकारी, वा फलफुल होइन सिसाको बन्दोबस्तमा जुट्दछिन् । उनी श्रीमानलाई सिसा खान रोक्ने भन्दा पनि सिसा जुटाउन लागि पर्छिन् ।

दयारामकी श्रीमतीका अनुसार विवाह पछि मात्र उनले श्रीमानले लुकिछिपि सिसा खाएको देखिन् । त्यसपछि कैयौं पटक श्रीमानलाई सिसा नखान अनुरोध गरीन् । तर दयाराममा सिसा खाने लत यसरी बसेको थियो कि उनले त्यसलाई छाड्न सकेनन् । बिस्तारै उनकी श्रीमती स्वयम् उनलाई सिसा खान खोजिखोजी ल्याई दिन्छिन् ।

पहिले एक किलोसम्म सिसा खाने दयाराम दा“त कमजोर भएसंगै त्यसको मात्रा घटाउदै आएका छन् । दयारामका अनुसार सिसा खानु उनको लत बनिसकेको छ । यो खतरनाक लतका कारण सिसा खाने क्रममा उनको दा“त सहित स्वास्थ्यमा असर परीरहेको छ । उनी अन्य कोहिलाई पनि सिसा नखान सुझाव समेत दिन्छन् । पछिल्लो समय उनी आफै पनि कम मात्रामा सिसा खादै अँएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १ : २१ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका