राजेन्द्र लिङ्देनले भने- कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन् « Khabarhub

राजेन्द्र लिङ्देनले भने- कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको बताए ।

उनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको जिकिर गरे । सार्वजनिक विवादमा आएका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

अध्यक्ष लिङ्देनले अहिले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको जिकिर गरे । भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारबाही गरेर मात्रै नहुने भन्दै उनले राजनीतिक तहमा नै छानबिन हुनुपर्ने माग गरे ।

उनले सदनमा निरन्तर छानबिन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अव सडकबाट दबाब दिने चेतावनी दिए । आफ्ना माग पुरा नभएको भन्दै राप्रपा सांसदहरूले समेत सदन बहिष्कार गरेका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली