‘सिटामोल’को ट्रेलर : पश्चिमको ग्रामीण गरिब परिवारको आर्थिक समस्या | Khabarhub Khabarhub

‘सिटामोल’को ट्रेलर : पश्चिमको ग्रामीण गरिब परिवारको आर्थिक समस्या


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन २३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मका शीर्ष कलाकार नायक सौगात मल्ल र नायिका बेनिशा हमालको उत्तारचढावको घटनामा ट्रेलर केन्द्रित छ ।

फिल्मले पश्चिमको ग्रामीण गरिब परिवारको आर्थिक समस्याको कथा उठान गरेको ट्रेलरले प्रष्ट पारेको छ ।

सौगातले शारीरिकरुपमा कमजोर पात्रको भूमिका निर्वाह गरेको देखिन्छ । उनको खुट्टामा समस्या देखिन्छ । ट्रेलरको अन्तिममा उनी थला परेको देखाइएको छ ।

ट्रेलरमा नायिका बेनिशाले पैसालाई महत्तव दिएको देखिन्छ । आर्थिक अवस्था कमजोर भए पनि उनी तडकभडक गर्न रुचाउने देखिन्छ ।

श्रीमान्को भूमिकामा रहेका सौगात थला परेपछि उनले छाडेको ट्रेलरले संकेत गर्छ । सौगात थला परेपछि यी दुईको दृश्य ट्रेलरमा देख्न सकिँदैन ।

यसबाहेक ट्रेलर गरिबीको कथामा नै केन्द्रित देखिन्छ । सौगातले चरित्र निर्माणमा मिहिनेत गरेको देखिन्छ । नायिका बेनिशा ग्रामीण महिलाको भूमिकामा छिन् । यी दुवैको चरित्रले दर्शकलाई फिल्मप्रति आकर्षण बढाउन सक्छ ।

राज बहादुर साने निर्देशित यस फिल्ममा श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की लगायतको अभिनय रहेको बताइएको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा बनेको यस फिल्मका लेखक प्रदीप भारद्धाज र निर्देशक साने हुन् । प्रस्तुतकर्ता सिमोस सुनुवार हुन् भने निर्माताहरु भुगोलकुमार कार्की र विकासराज जोशी हुन् ।

ट्रेलर :

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : ४४ बजे

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मुस्ताङ– यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात

जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गरिने, परिवारलाई जनही १५ लाख रुपैयाँ

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४

सरकारले असोज १ गते राष्ट्रिय शोकमा सार्वजनिक बिदा दिने 

काठमाडौं– सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय