बिहीबार पनि संसद्‌मा रास्वपा र राप्रपाको विरोध « Khabarhub

बिहीबार पनि संसद्‌मा रास्वपा र राप्रपाको विरोध


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरूले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।

रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा. तोसिमा कार्कीलाई बोल्न समय दिएका थिए । सांसद कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजेको आरोप लगाइन्।

सुशासनको बाचा गर्ने सरकारले जनताका पक्षमा लड्नेहरुलाई कारागार पठाउने र भ्रष्टाचारमा मुछिएकाहरुलाई स्यावासी दिने काम गरेको उनले बताए । उनले भिजिट भिसा प्रकरणमा छानविन गर्नुपर्ने व्यक्ति कै संयोजकत्वमा बनेको समिति मान्य नहुने भन्दै आन्दोलन निरन्तर रहेको धारणा राखिन्। सांसद कार्कीले आफूहरूले निरन्तर विरोध गर्दा पनि संसद चलाइएकोप्रति आपत्ति जनाए ।

त्यस्तै राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमामा संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाको आन्दोलन जारी रहने बताए । उनले गंगालाल अस्पतालमा १५ बर्षमूनीका बालबालिकालाई निशुल्क उपचार गर्ने व्यवस्थाबापत सरकारले दिनुपर्ने रकम नदिएकाले सेवा सञ्चालनमा समस्या आएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।

विरोधकाबीच सभामुख घिमिरेले सदनको कारवाही बढाएपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  २ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली