बिहीबार पनि संसद्‌मा रास्वपा र राप्रपाको विरोध « Khabarhub

बिहीबार पनि संसद्‌मा रास्वपा र राप्रपाको विरोध


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरूले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।

रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा. तोसिमा कार्कीलाई बोल्न समय दिएका थिए । सांसद कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजेको आरोप लगाइन्।

सुशासनको बाचा गर्ने सरकारले जनताका पक्षमा लड्नेहरुलाई कारागार पठाउने र भ्रष्टाचारमा मुछिएकाहरुलाई स्यावासी दिने काम गरेको उनले बताए । उनले भिजिट भिसा प्रकरणमा छानविन गर्नुपर्ने व्यक्ति कै संयोजकत्वमा बनेको समिति मान्य नहुने भन्दै आन्दोलन निरन्तर रहेको धारणा राखिन्। सांसद कार्कीले आफूहरूले निरन्तर विरोध गर्दा पनि संसद चलाइएकोप्रति आपत्ति जनाए ।

त्यस्तै राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमामा संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाको आन्दोलन जारी रहने बताए । उनले गंगालाल अस्पतालमा १५ बर्षमूनीका बालबालिकालाई निशुल्क उपचार गर्ने व्यवस्थाबापत सरकारले दिनुपर्ने रकम नदिएकाले सेवा सञ्चालनमा समस्या आएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।

विरोधकाबीच सभामुख घिमिरेले सदनको कारवाही बढाएपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : ०५ बजे

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका