चन्द्र भण्डारीको गुनासो- दलालसँग मिलेर नेपाली युवालाई विदेशमा पढ्न बाध्य बनाइँदैछ « Khabarhub

चन्द्र भण्डारीको गुनासो- दलालसँग मिलेर नेपाली युवालाई विदेशमा पढ्न बाध्य बनाइँदैछ


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले नेपाली युवाहरूलाई दलालसँग मिलेर पढ्न बाहिर जाउन् भन्ने बाध्य बनाइएको बताएका छन् ।

उनले त्यसरी सेटिङमा नेपालमा स्वस्थ्य शिक्षा, आईटीलगायतका विषय पढ्न नदिइएको बताएका छन् ।

नेपाली युवाहरू बाहिर जाउन् भनेर नेपालमा कुनै पनि संस्था नखोलिएको उनले दाबी गरे । नेपालमा पढ्न नपाएर युवाहरू मोटो रकम तिरेर भारत, युरोप लगायतमा अध्ययन गर्न गइरहेको बताउँदै उनले सम्पत्ति पनि बाहिरिइरहेको उल्लेख गरे ।

‘मेरो भनाइ झुठो होस् । यहाँ तलदेखि माथिसम्म युवाहरू बाहिर जाउन्, नेपालमा नपढुन् भनेर दलालसँग मिलेर संस्था खोलिँदैन । निजी ३/४ वटा छन् । हाम्रा युवा यति राम्रा छन्, रोबट यिनैले बनाउँछन् । कम्प्युटर यिनैले बनाउँछन्’, उनले भने, ‘१२ कक्षा पढेका बच्चाहरूले आईटीमा काम गरिरहेका छन् । तर हामीले खोलिदिएनौँ । हामीले यसलाई स्वीकृति दिएनौँ ।’

यावत समस्या हुँदा पनि नेताहरूले त्यतातिर ध्यान दिएको, आधिकारिक संस्थाले अनुगमन नगरेको, नेपाली जनता शोषण र अन्यायमा परेको उनले बताए । नेताहरू काम छाडेर विदेश भ्रमणमा मस्त भएको भन्दै उनले आलोचना गरे ।

‘नेपालको सम्पत्ति बाहिर गइरहेको छ । हाम्रा नेताहरू भाषण गर्छन् । विदेश घुमेको देख्छु मैले । यहाँ यत्रो काम छ, मलाई त थाहा छैन’, उनले भने, ‘यिनीहरू मंगल ग्रहमा विकास गर्न जाँदैछन् कि ? होइन नेपालमा बस्ने हो भने त नेपाली युवाले चाहेको शिक्षा क्षेत्र हेर्नुपर्दैन ?’

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : ५७ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक