चन्द्र भण्डारीको गुनासो- दलालसँग मिलेर नेपाली युवालाई विदेशमा पढ्न बाध्य बनाइँदैछ | Khabarhub Khabarhub

चन्द्र भण्डारीको गुनासो- दलालसँग मिलेर नेपाली युवालाई विदेशमा पढ्न बाध्य बनाइँदैछ


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले नेपाली युवाहरूलाई दलालसँग मिलेर पढ्न बाहिर जाउन् भन्ने बाध्य बनाइएको बताएका छन् ।

उनले त्यसरी सेटिङमा नेपालमा स्वस्थ्य शिक्षा, आईटीलगायतका विषय पढ्न नदिइएको बताएका छन् ।

नेपाली युवाहरू बाहिर जाउन् भनेर नेपालमा कुनै पनि संस्था नखोलिएको उनले दाबी गरे । नेपालमा पढ्न नपाएर युवाहरू मोटो रकम तिरेर भारत, युरोप लगायतमा अध्ययन गर्न गइरहेको बताउँदै उनले सम्पत्ति पनि बाहिरिइरहेको उल्लेख गरे ।

‘मेरो भनाइ झुठो होस् । यहाँ तलदेखि माथिसम्म युवाहरू बाहिर जाउन्, नेपालमा नपढुन् भनेर दलालसँग मिलेर संस्था खोलिँदैन । निजी ३/४ वटा छन् । हाम्रा युवा यति राम्रा छन्, रोबट यिनैले बनाउँछन् । कम्प्युटर यिनैले बनाउँछन्’, उनले भने, ‘१२ कक्षा पढेका बच्चाहरूले आईटीमा काम गरिरहेका छन् । तर हामीले खोलिदिएनौँ । हामीले यसलाई स्वीकृति दिएनौँ ।’

यावत समस्या हुँदा पनि नेताहरूले त्यतातिर ध्यान दिएको, आधिकारिक संस्थाले अनुगमन नगरेको, नेपाली जनता शोषण र अन्यायमा परेको उनले बताए । नेताहरू काम छाडेर विदेश भ्रमणमा मस्त भएको भन्दै उनले आलोचना गरे ।

‘नेपालको सम्पत्ति बाहिर गइरहेको छ । हाम्रा नेताहरू भाषण गर्छन् । विदेश घुमेको देख्छु मैले । यहाँ यत्रो काम छ, मलाई त थाहा छैन’, उनले भने, ‘यिनीहरू मंगल ग्रहमा विकास गर्न जाँदैछन् कि ? होइन नेपालमा बस्ने हो भने त नेपाली युवाले चाहेको शिक्षा क्षेत्र हेर्नुपर्दैन ?’

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : ५७ बजे

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

सिरहा– लहान–३ अस्पताल चोकदेखि शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख

साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

भजनी– गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी

गुल्मी– रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा