१८ अर्बको कारोबार सहित सामान्य अंकले बढ्यो नेप्से  « Khabarhub

१८ अर्बको कारोबार सहित सामान्य अंकले बढ्यो नेप्से 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ । बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको हो । बिहीबार बजार बन्द हुँदा नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ । 

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन । ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ५४ हजार ६४२ पटक शेयर किनबेच भएको छ ।

 १३ समूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह बढेको छ भने कम म्युचुअल फण्ड समूह बढेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ३ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना