तिहारमा आउने भयो अनमोलको ‘जेरी : अन टप’ | Khabarhub Khabarhub

तिहारमा आउने भयो अनमोलको ‘जेरी : अन टप’


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी, नायिकाद्वय आँचल शर्मा र जशिता गुरुङ स्टारर फिल्म ‘जेरी : अन टप’ असोज ३१ बाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले बिहीबार तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको छ । आगामी तिहारलाई लक्षित गरी यो फिल्म प्रदर्शनमा आउने भएको हो ।

फिल्म प्रदर्शनको भोलिपल्ट कात्तिक १ गते शनिबार छ । २ गते काग तिहार परेको छ । अर्थात्, २ गतेबाट तिहार सुरु हुन्छ ।

पोस्टरमा नायक अनमोल, आँचल र जशितलाई मात्रै फचर्ड गरिएको छ । अनमोल दुवै नायिकासँग प्रेम भावमा देखिएका छन् । यसले फिल्म त्रिकोणात्मक प्रेम कथामा बनेको संकेत गर्छ ।

एक फिल्ममा अनमोलले दुई नायिकासँग अनस्क्रिन रोमान्स गरेको पोस्टरले संकेत गर्छ ।

दुई पोस्टरमा अनमोल र जशिताले हिमाल चढेको देखाइएको छ । एक पोस्टरमा अनमोलको अनुहार हिउँले जलेको देखाइएको छ । हिमाल चढेको दृश्यले भने दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउन सक्छ ।

अनन्या फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् । हेमराज बीसीले लेखेको यस फिल्ममा रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र भण्डारीको लगानी रहेको छ । यस फिल्मको निर्देशक सुयोग गुरुङ हुन् ।

‘जेरी : अन टप’ वि.सं २०७१ सालमा प्रदर्शनमा आएको फिल्म ‘जेरी’को सिक्वेल हो । ‘जेरी’को नायक अनमोल र नायिका आना शर्मा हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ५२ बजे

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको