एमालेमा फर्किन ओलीले छेकेपछि शुक्रबार धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

एमालेमा फर्किन ओलीले छेकेपछि शुक्रबार धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारी


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवीकरण गरिसकेको सदस्यतासमेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोकिदिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार औपचारिक धारणा सार्वजनिक गर्ने भएकी छन् ।

उनले शुक्रबार दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बान्क्वेटमा पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने भएकी हुन् ।

साउन ५ देखि ३ दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिने गरी साधारण सदस्यतासमेत खारेज गरिदिने निर्णय लिएको थियो ।

यो अवस्थामा केही दिन पर्ख र हेरको रणनीतिमा रहेकी उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत् एमालेको निर्णयबारे पनि बोल्ने भएकी छन् ।

उनले यसअघि नै आफूले एमालेको राजनीतिमा आउने निर्णय गरिसकेकाले अब नरोकिने घोषणा गरेकी थिइन् । तर ओलीले आफूसँग ११ औँ महाधिवेशनमा भिड्न आउन खोजेको ठहरसहित केन्द्रीय कमिटीबाट उनको बाटो छेकिदिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ८ : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर