रेस्लिङ सुपरस्टार हल्क होगनको निधन « Khabarhub

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ । ७३ वर्षको उमेरमा स्थानीय समय अनुसार बिहीबार बिहान उनको निधन भएको अमेरिकाको टीएमजी वेबसाइटले जनाएको छ ।

हृदयघातका कारण उनको निधन भएको हो । उनको निधन भएपछि फ्लोरिडा राज्यको क्लियरवाटरस्थित उनको निवासमा आपत्कालीन सेवा दस्ता पठाइएको छ ।

यसअघि उनी कोमामा पुगेको हल्ला फैलिएको थियो । केही दिनअघि मात्रै उनकी श्रीमती स्काईले उनी कोमामा पुगेको हल्ला गलत भएको बताएकी थिइन् ।

वास्तविक नाम टोरी बोल्लेया रहेका उनको रेस्लिङ यात्रालाई धेरै महत्व दिइएको छ निकै महत्वपूर्ण मानिन्छ । उनले शुरुमा डब्लूडब्ल्यूएफ र पछि डब्ल्यूडब्ल्यूईमा कुश्ती प्रदर्शन गरेका थिए । १९७० को दशकमा रेस्लिङ प्रवेश गरेका उनी एक वर्षअघिसम्म सक्रिय थिए ।

गत वर्षको जुलाई महिनामा उनले रिपब्लिकन पार्टीको सम्मेलनमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्दै भाषण गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १० : २६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली