फ्रान्सले प्यालेस्टाइनी राज्यलाई औपचारिक मान्यता दिने « Khabarhub

फ्रान्सले प्यालेस्टाइनी राज्यलाई औपचारिक मान्यता दिने

आतङ्कलाई पुरस्कृत गरेको इजरायलको प्रतिक्रिया


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई स्वीकार गर्ने भएको छ। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोले सेप्टेम्बर महिनामा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभामा औपचारिक रूपमा सो कुरा राख्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। उनले गाजामा तत्काल राहत उपलब्ध गराउन तथा युद्ध विराम आवश्यक भएको कुरा समेत बताएका छन्।

प्यालेस्टाइनी अधिकारीले म्याक्रोंको निर्णयलाई स्वागत गरेका छन्। इजरायलले भने सन् २०२३ को अक्टोबर ७ लगायत हमासको आतङ्कलाई पुरस्कृत गरेको प्रतिक्रिया दिएको छ।

उनले यसलाई ऐतिहासिक प्रतिबद्धता ठान्दै मध्यपूर्वमा शान्तिका लागि अति आवश्यक भएको बताएका हुन्। ‘‘हामीलाई हमासको निःशस्त्रीकरणको ग्यारेन्टी गर्न तथा मध्यपूर्वमा शान्ति स्थापना गर्नका लागि इजरायलको प्रतिविद्धताका लागि पहल आवस्यक छ’’, उनले भनेका छन्।

म्याक्रोले प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्ब्बासलाई यस बारेमा पत्र लेखिसकेका छन्। म्याक्रोंको घोषणामा प्रतिक्रिया दिँदै अब्बबासका सहायक हुसेन खल सेखले यसले अन्तर्राष्ट्रिय कानुन मूल्य र मान्यतालाई सम्मान गरेको प्रतिक्रिया दिए। यसले प्यालेस्टाइनीहरुको स्वतन्त्र राज्य स्थापनाको साथ दिँदै आत्मसम्मान बढाउन पनि सहयोग पुगेको प्रतिक्रिया उनले दिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जालमा लेख्दै यस निर्णयको आलोचना गरेका छन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : २४ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक