भत्ता नपाएपछि चार खेलाडीद्वारा अन्तर्राष्ट्रिय खेलकुद संघमा निवेदन | Khabarhub Khabarhub

भत्ता नपाएपछि चार खेलाडीद्वारा अन्तर्राष्ट्रिय खेलकुद संघमा निवेदन


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले खेलाडीलाई उपलब्ध गराउँदै आएको मासिक भत्ता कार्यक्रममा आफूहरुलाई नसमेटिएको भन्दै चार जना ओलम्पियन खेलाडीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पूर्व खेलाडीहरु बैकुण्ठ मानन्धर, संगिना वैद्य, दीपक विष्ट र राजेन्द्र भण्डारीले ओलम्पियन भत्ताका लागि पहल गरिदिन आग्रह गर्दैै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसमक्ष निवेदन पेस गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पिकमा भाग लिने तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको छ ।

खेलाडीका लागि मासिक भत्ता दिने परम्पराको सुरुवात भएकोमा सम्पूर्ण खेलाडीका तर्फबाट सरकारलाई धन्यवाद दिँदै चार ओलम्पियन खेलाडीले आफूहरुलाई पनि उक्त कार्यक्रममा नछुटाउन आग्रह गरेका छन् ।

चार जनाको हस्ताक्षर रहेको निवेदनमा मासिक भत्ता कार्यक्रमले खेलाडीमा देशका लागि आफूले केही गर्न सकेकोमा गर्वको अनुभूति प्रदान गर्ने उल्लेख छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : ४४ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय