भत्ता नपाएपछि चार खेलाडीद्वारा अन्तर्राष्ट्रिय खेलकुद संघमा निवेदन « Khabarhub

भत्ता नपाएपछि चार खेलाडीद्वारा अन्तर्राष्ट्रिय खेलकुद संघमा निवेदन


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले खेलाडीलाई उपलब्ध गराउँदै आएको मासिक भत्ता कार्यक्रममा आफूहरुलाई नसमेटिएको भन्दै चार जना ओलम्पियन खेलाडीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पूर्व खेलाडीहरु बैकुण्ठ मानन्धर, संगिना वैद्य, दीपक विष्ट र राजेन्द्र भण्डारीले ओलम्पियन भत्ताका लागि पहल गरिदिन आग्रह गर्दैै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसमक्ष निवेदन पेस गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पिकमा भाग लिने तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको छ ।

खेलाडीका लागि मासिक भत्ता दिने परम्पराको सुरुवात भएकोमा सम्पूर्ण खेलाडीका तर्फबाट सरकारलाई धन्यवाद दिँदै चार ओलम्पियन खेलाडीले आफूहरुलाई पनि उक्त कार्यक्रममा नछुटाउन आग्रह गरेका छन् ।

चार जनाको हस्ताक्षर रहेको निवेदनमा मासिक भत्ता कार्यक्रमले खेलाडीमा देशका लागि आफूले केही गर्न सकेकोमा गर्वको अनुभूति प्रदान गर्ने उल्लेख छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : ४४ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको