राष्ट्रिय हितका विषयमा खुला छलफल गर्न प्रमको निर्देशन « Khabarhub

राष्ट्रिय हितका विषयमा खुला छलफल गर्न प्रमको निर्देशन


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन मंगलबार सिंहदरबारमा आयोजना गरेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रको हितका पक्षमा खुलेर आफ्ना कुरा राख्न सक्ने गरी तयारी गर्न आग्रह गरे ।

दुई देशका विज्ञको संयुक्त तेस्रो बैठक बुधबार र बिहीबार काठमाडौंमा हुँदै छ । नेपाल–भारतस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकाले यस विषयलाई गम्भीरताका साथ उठाउनुपर्नेमा जोड दिए ।

विसं २०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिँचाइका लागि भारतले १० घनमिटर प्रतिसकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यान्वयन गराउन भारतलाई तत्पर गराउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : ०४ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि