कांग्रेसको कटाक्ष : भिजिट भिसाकै कारण रास्वपा यहाँसम्म आयो, कोही मन्त्री र उपप्रधानमन्त्रीसम्म भए « Khabarhub

कांग्रेसको कटाक्ष : भिजिट भिसाकै कारण रास्वपा यहाँसम्म आयो, कोही मन्त्री र उपप्रधानमन्त्रीसम्म भए


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछाने र पूर्वमन्त्री सुमना श्रेष्ठप्रति कटाक्ष गरेका छन्।

गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भिजिट भिसा सेटिङ प्रकरणको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोगको माग गर्दै रास्वपाले दुई महिनादेखि संसद् अवरुद्ध गरिरहेको बेला कांग्रेस नेताको यस्तो टिप्पणी आएको हो।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कटाक्ष गर्दै घिमिरेले, भने ‘भिजिट भिसा प्रसंगलाई लिएर रास्वपाका साथीहरू संघीय संसद्मा दुई महिनादेखि चिन्ता र आन्दोलन गरिरहनु भएको छ। तर संसद् अवरोध गरेर धेरै चिन्ता गर्न आवश्यक छैन।’

उनले रास्वपा सभापति रवि लामिछाने र विदेशी नागरिकसँग बिहे गरेर यहीँ राजनीति गरेकी भनिएकी सुमनालाई लक्षित गर्दै विगतका गतिविधिको स्मरण गराएका हुन्।

‘हामीले यस्ता अभ्यास पहिलेदेखि गर्दै आएका छौँ,’ उनले भने, ‘भिजिट भिसामा अमेरिका गएर त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गर्ने, दुई चार काण्ड मच्चाउने अनि नेपाल फर्केर पार्टी खोल्ने काम भइसकेको छ।’

घिमिरेले ठट्टाको शैलीमा भिजिट भिसामा फर्केको मान्छे मन्त्री र उपप्रधानमन्त्री भइसकेको पनि बताए । ‘उतैको भिजिट भिसामा नेपाल आएर पार्टी खोलेर गृहमन्त्रीसमेत बनिसक्यो। फेरि पनि त्यही अभ्यास दोहोरिएको छ। जुन पार्टीका धेरै सांसद र मन्त्रीहरू आज यहाँसम्म आइपुगेका छन्, त्यो भिजिट भिसाकै कारण हो’, उनले भने ।

उनले भिजिट भिसामा गएको व्यक्तिले घुमेर फिर्ता नभई त्यहाँको राहदानी लिनु, नागरिकता लिनु, घरजम गर्नु गलत अभ्यास भएको बताए । ‘भिजिट भिसामा गएको व्यक्ति त आफ्नो अवधि सकिएपछि फर्किनुपर्ने हो। फर्किएर नआए कानुन लाग्नुपर्छ। तर यहाँ त त्यहाँको नागरिकता लिएर फर्किएका व्यक्तिलाई हामीले मन्त्री र उपप्रधानमन्त्री बनाएका छौँ’, उनले भने ।

गैरकानुनी रूपमा भिजिट भिसा सेटिङमार्फत नेपाली नागरिकलाई विदेश पठाएको प्रकरणमा मुछिएको आरोप लागे पनि गृहमन्त्री रमेश लेखक पदम आशीन छन् । उता सहकारी ठगीमा मुछिएर पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा छन् । भिजिट भिसा प्रकरणका दोषीमाथि छानबिन माग गर्दै रास्वपाले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको छ।

प्रमुख सचेतक घिमिरेले रास्वपाका सांसदलाई लक्षित गर्दै अहिलेसम्मको उपलब्धि नै भिजिट भिसाबाट सम्भव भएको भन्दै कटाक्ष गरे । ‘तपाईंहरूलाई यो ठाउँमा पुर्‍याउने श्रेय भिजिट भिसालाई नै जान्छ। त्यसैले त्यही विषयमा अत्यधिक चिन्ता गर्नुपर्ने अवस्था छैन’, उनले भने ।

भिजिट भिसा प्रकरण एउटा गम्भीर विषय भए पनि त्यसलाई लिएर संसद् अवरुद्ध गर्नु राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको उनले बताए ।

सत्तारूढ दल कांग्रेसले रास्वपाले उठाएको मुद्दालाई गम्भीरतापूर्वक नलिएको संकेत घिमिरेको अभिव्यक्तिले गरेको छ। विशेषगरी लामिछानेको अतीतलाई उठाउँदै कांग्रेसले रास्वपाको नैतिक औचित्यमाथि प्रश्न उठाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : १५ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक