‘मितज्यू’मा सौगात मल्लको प्रवेश | Khabarhub Khabarhub

‘मितज्यू’मा सौगात मल्लको प्रवेश


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनिल बूढा मगरको निर्देशन रहने दोस्रो फिल्म ‘मितज्यू’मा नायक सौगात मल्लको प्रवेश भएको छ । निर्माण पक्षले उनी अनुबन्ध भएको बिहीबार सार्वजनिक गरेको हो ।

यस फिल्मको शीर्ष भूमिकामा नायक दयाहाङ राई यसअघि नै अनुबन्ध भइसकेका छन् । अर्थात्, सौगात र दयाहाङको सहकार्य फेरि हुने भएको छ । यी दुईको सहकार्य रहेको फिल्महरु ‘लुट’, र ‘कबड्डी’ दर्शकले रुचाएका छन् ।

डान्सर तेरिया मगर नायिकाका लागि फाइनल भएकी छन् । उनी यस फिल्मबाटै ठूलो पर्दामा डेब्यू गर्दैछिन् । नायिका स्मिता लामिछाने पनि मुख्य भूमिकाका लागि अनुबन्ध भएकी छन् ।

निर्देशक अनिलका अनुसार अझै केही कलाकारको चयन बाँकी रहेको छ । मंसिर दोस्रो सातादेखि यस फिल्मको छायाङ्कन सुरु हुने उनले बताए ।

अनिलको डेब्यू निर्देशन रहेको फिल्म ‘घरज्वाइँ’ गत वर्ष प्रदर्शनमा आएको थियो । दयाहाङसँगको उक्त सहकार्य व्यापारिकरुपमा सफल भएको थियो ।

‘मितज्यू’का लेखक महेश राई हुन् । जीएम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने यस फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।

यो फिल्मको प्रदर्शन मिति आगामी चैत २७ गतेलाई तय गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ३७ बजे

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत